वाग्मती प्रदेश संसदीय दलको नेतामा ष्टलक्ष्मी शाक्य, पौडेललाई नेकपाले हटाइयो

२०७७ पुष १६ गते, बिहीबार

मकवानपुर — नेकपा वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको विषयमा दाहाल–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ ।

पुस ९ गते पार्टी मुख्यालय पेरिसडाँडामा बसेको दाहाल–नेपाल सूमहको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको भए पनि त्यस विषयमा प्रदेशसभा तथा मुख्यमन्त्री डोरमणि पौडेललाई जानकारी गराइएको थिएन ।

बुधबार वाग्मती प्रदेशको प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो । बैठकले मुख्यमन्त्री रहेका पौडेललाई नेकपा संसदीय दलको नेताबाट हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी गराउने निर्णय गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal