महेश बस्नेतलाई गाली गर्ने पूर्वप्रहरी चन्द पक्राउ, कांग्रेसको आपत्ति

काठमाडौं, १६ पौष । पुर्व मन्त्री महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्ली बहादुर चन्दलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस कार्यकर्ता समेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको नेपाली कांग्रेसले बताएको हो ।
कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाव दिनु जस्ता घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै भरमा, गिरफ्तारहुनु दुर्भाग्य पुर्ण कुरा हो प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कानुनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको कांग्रेसको ठहर छ ।