अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा हुने

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौं, १७ पौष । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।
पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न र आवश्यकताअनुसार निर्देशन दिन सक्ने विभागको दावी छ ।
यस नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याउन भन्सार कार्यालयको स्वचालित तथ्यांक प्रणाली ९आशिकुडा० कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिस्टममा सञ्चालित अनुगमन प्रणाली मुलुकका २४ वटा भन्सार कार्यालयमा लागु भइसकेको छ ।
अनुगमनमा खटिने कर्मचारीले जाँचपासको क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्कालै कार्यालयका कर्मचारीलाई फोन गरी सोधपुछ गर्न सक्ने विभागले जनाएको छ ।
विभागका महानिर्देशक सुमन दाहालले भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि सेन्ट्रल मनिटरिङ सिस्टम एकदमै उपयोगी एवं फलदायी हुने अपेक्षा गरिएको बताए । विश्व बजारमा देखिएका विभिन्न नवीनतम प्रविधिको प्रयोगबाट भन्सार कार्यालयलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधंै विभागको प्राथमिकतामा रहेको भन्दै उनले अहिले यस्तो प्रणाली सञ्चालनमा ल्याएको बताए । उनले विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने बताए ।
पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन यस प्रणालीमार्फत गरिएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न र आवश्यकताअनुसार निर्देशन दिन सक्नेछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal