काठमाडौँ उपत्यकाको तापक्रम शून्यमा,चिसो अझै बढ्न सक्ने

काठमाडौँ, १७ पौष । काठमाडौँ उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ । बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो। मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ । ‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने । अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए ।
वर्षा नभए पनि काठमाडौं उपत्यकासहित अन्यत्र तापक्रम घट्नेक्रम जारी छ। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५, दिपायलको ०.४, वीरेन्द्रनगरको १.९ डिग्री मापन भएको छ । मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन् । भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ। सोही प्रभावले नेपालसहित छिमेकी मुलुकमा हिमपात र हिउँदे वर्षा हुने गर्छ । सो प्रभाव अहिले कमजोर भएकाले हिउँदे वर्षाको असर नदेखिएको मौैसमविद् बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।
ताजा

रक्सौल-काठमाडौं रेलमार्ग : डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन एमओयू हुँदै
२०७७ माघ ८ गते, बिहीबार
रक्सौल-काठमाडौं रेलमार्ग : डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन एमओयू हुँदै
२०७७ माघ ८ गते, बिहीबार
कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन
२०७७ माघ ८ गते, बिहीबार
शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो
२०७७ माघ ८ गते, बिहीबार
प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण
२०७७ माघ ८ गते, बिहीबार
नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
२०७७ माघ ७ गते, बुधबार
भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु
२०७७ माघ ७ गते, बुधबार
कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति
२०७७ माघ ७ गते, बुधबार
कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने
२०७७ माघ ७ गते, बुधबार
नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग
२०७७ माघ ७ गते, बुधबार
ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष
२०७७ माघ ७ गते, बुधबारलोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
२०७७ माघ ६ गते, मंगलवार
कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार