गण्डकीमा पछि हट्यो दाहाल-नेपाल समूह, मुख्यमन्त्री गुरुङ सुरक्षित

२०७७ पुष १७ गते, शुक्रबार

पोखरा, १७ पौष । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पहल गरे पनि आवश्यक संख्या नपुग्ने भएपछि नेकपा दाहाल–नेपाल समूह पछि हटेको छ । सरकारको विकल्प खोज्ने विषयमा छलफल जारी राखे पनि तत्काललाई यथावत्कै अवस्थालाई निरन्तरता दिइने बताइएको छ ।
६० सदस्यीय प्रदेशसभामा नेकपाका ४० सांसद छन् । त्यसमध्ये ओली समूहमा २७ र दाहाल–नेपालतर्फ १३ जना खुलेका छन् । कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउन १५ मत चाहिन्छ । जसअनुसार कांग्रेसको मात्रै एकल हैसियत पुग्छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित देखिन्छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal