अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु, सिएनएन परीवारको तर्फबाट शुभकामना !

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध,, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा केही मानिसहरु भेला भएका छन् । गत वर्षको तुलनामा यस वर्ष मानिसहरूको पातलो उपस्थिति रह्यो
अंग्रेजी नयाँ वर्ष सन् २०२१ स्वदेश तथा विदेशमा रहेका पाठक, शुभेच्छुक, विज्ञापन दाता सम्पूर्णका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् cnnexpress.com परीवारको तर्फबाट शुभकामना ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal