सिएनएन एक्प्रेस डटकम प्रारम्भ,सबै र सधैका लागि तपाईलाई हार्दिक स्वागत !

२०७७ पुष १७ गते, शुक्रबार

सिएनएनको अर्थपुर्ण अर्थ करेन्ट न्युज नेपाल हो । यो सिएनएन एक्प्रेस डट कम मिशन मन्त्र मल्टिीप्रपोज प्रा. ली बाट सञ्चालित अनलाईन समाचार पोर्टल हो । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी सधै अविचलित हुनेछौं ।

देशको राजनीतिक, आर्थिक, समाजिक, र अन्य क्षेत्रको विवेचनात्मक दृष्टिकोण जनताले हरपल खवरहरु प्राप्त गर्न सकुन भन्ने विश्वास लिएर हरपल खबरहरुको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका सिएनएन एक्प्रेस डटकम उपस्थित भएको हो ।

हामी आफूलाई लोकतन्त्र र आर्थिक प्रणालीका पक्षमा सधै हुनेछौं । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका लागि कसै सँग पनि सम्झौता गर्ने छैनौं । हामी कुनै पनि राजनीतिक दलसँग आबद्ध हुने छैनौं भन्ने प्रस्ट दृृष्टिकोण राख्दछौं, तर सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना गर्नु सिएनएन एक्प्रेसको विशेषता हुनेछ ।


राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने सामग्री सिएनएन एक्प्रेस डटकमले प्रस्तुत गर्ने छैन ।

सिएनएन एक्प्रेसल कुनै पनि सरकारको मूल्यांकन उसले गरेका कार्यको आधारमा , जनताले पाएको सेवाका आधारमा गर्नेछ । भ्रष्टाचार, कालोबजारी र जनतालाई आर्थिक, सामाजिक तथा न्यायको शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्ति विरूद्ध कलम चलाउनु हाम्रो साझा प्रतिबद्धता हो ।

देश र विदेशमा रहेका नेपाली शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउने जिम्मेवारी सिएनएन एक्प्रेसलले लिएको छ ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र राष्ट्रिय राजनीतिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित रहेर छिनछिनमा ताजा र, खोजमूलक रिपोर्टहरुका अतिरिक्त सामाजिक, प्राविधीक, स्वस्थ, मनोरञ्जन, साहित्य, खेलकुद र विविध घटना र परीघटनालाई समेट्दै पाठकक लागी सम्बन्धित सामग्रीहरु पोष्ट गरीने छन ।

तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै cnnexpress.com लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ ।
तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर सिएनएन परिवारमा सामेल हुन सक्नुहुनेछ ।

यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार सििएनएन एक्प्रेस डटकम संगै निहित हुने छ।

हाम्रो विश्वास ,तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग जोडिइरहनु हुनेछ ।
सबै र सधैका लागि सिएनएन एक्प्रेसडटकममा तपाईंलाई हार्दिक स्वागत छ ।

ताजा

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal