अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश : समृद्धिको पाइला थप उचाइमा पुग्ने विश्वास

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्षमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी छन । समृद्धिका लागि आउँदो वर्ष थप उचाइमा पुग्ने बताएका छन। अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ले विकास र समृद्धिका लागि बसालेको जग अर्को नयाँ वर्षको संघारमा पुग्दा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन।
प्रधानमन्त्रीले आउँदा दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने दाबी गरेका छन ।
प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा तथा राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने विश्वास पनि व्यक्त गरेका छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal