चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको देश चीनमा त्यसको वर्ष दिनपछि बेलायतमा देखा परेको नयाँ प्रकार चीनमा पनि फेला परेको हो ।
चीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरि भाइरसको नयाँ प्रकार फेला परेको हो ।
चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।
नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलिरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal