चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म देखिएको कम्पनीले जनाएको छ ।
चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ ।
आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी चिनियाँ नागरिकलाई कोरोना खोप लगाइएको बताइएको छ ।
– एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal