डब्लूएचओद्वारा आपतकालीन प्रयोगका लागि फाइजरलाई दियो अनुमति

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपतकालिन प्रयोगका लागि फाइजर बायोटेकको कोभिड १९ खोप उपयुक्त हुने जनाएको छ ।
डब्लुएचओले यो खोप विकाशसिल राष्ट्रहरुका लागि अझ सहज रुपमा उपलब्ध गराउन सकिने समेत जनाएको छ ।
यस्तै डब्लुएचओले अन्य राष्ट्रसंघीय निकायहरु युनिसेफ र अन्य निकायहरुले पनि खोप वितरणका लागि अनुमति लिन सक्ने जनाएको छ ।
डब्लुएचओका सहायक महानिर्देशक डा मारियान्गेला सिमाओले जनासंख्याको आधारमा प्राथमिता तय गरेर खोप वितरण गर्नुपर्नेमा बताएका हुन।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिका, क्यानडा, कतार बहराइन र मेक्सिको लगायतका मुलुकमा यो खोपको व्यवस्थापन भइसकेको छ । -एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal