प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतम शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका छन। बिहान करीव ९ बजे गौतम प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका गौतमलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । तर गौतम अहिलेसम्म कसैको पक्षमा खुलीसकेका छैनन ।
राष्ट्रियसभाको बैठक बस्ने दिन राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले प्रचण्डसँग भेट गरेका हुन। राष्ट्रियसभा बैठकमा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विषय उठाउने तयारी गरेको बुझिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal