सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

२०७७ पुष १७ गते, शुक्रबार

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

काठमाडौँ, १७ पौष । सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि यसको असर पर्ने गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal