एक्सटेन्सन काउन्टर विस्तार गर्दै सिभिल बैंक , हेटौंडामा पनी काउन्टर संचालन
२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले हेटौ‘डा उपमहानगरपालिका वडा नं. १८ मा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौ‘डा उपमहानगरपालिकावडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका थिए।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।