नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसनलाई रकम हस्तान्तरण

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रु ३,००,०००र– (तीन लाख रुपैँया ) रकम हस्तान्तरण गरेको छ । बैँकको प्रमुख कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका हुन।

सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने छ ।
गोरखामा निर्माण हुन लागेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal