रोल्पाको लिवाङमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा सुरु

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । ग्लोबल आइएमई बैंकले रोल्पा जिल्लाको लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ ।
यस नयाँ एटिएम सेवा थप भएसँगै बैंकको एटिएम संख्या २४० पुगेको छ । उक्त एटिएम सेवा खड्गदल गण, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरे ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत २१ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal