एडीबी सँग १८ अर्ब २५ करोड रुपैयाँ बराबर को ऋण सम्झौतामा हस्ताक्षर

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडीबी० सँग १८ अर्ब २५ करोड रुपैयाँ ९अमेरिकी डलर १५६ मिलियन बराबर० को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन ।
सम्झौतामा हस्ताक्षरपछि सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रुपैयाँ ९अमेरिकी डलर १९५ मिलियन बराबर० रहेकामा बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ ९अमेरिकी डलर ३९ मिलियन बराबर० नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट व्यहोरिने उनको भनाइ छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal