नयाँ वर्ष लाग्दै गर्दा इंस्टाग्राम र ट्वीटरबाट सम्पूर्ण पोस्टहरू हटाइन् यी नाईका

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । सामाजिक सञ्जालमा सक्रिय बलिउड नायिका दीपिका पादुकोणले आफ्ना करोडौं फ्यानलाई चकित पार्ने गरी इंस्टाग्राम र ट्वीटरबाट सम्पूर्ण पोस्टहरू हटाएकी छन् । नयाँ वर्ष २०२१ लाग्दै गर्दा उनले आफ्नो सम्पूर्ण पोस्टहरू हटाएकी हुन् ।
उनले किन इंस्टाग्राम र ट्वीटरबाट पोस्ट हटाएकी हुन् भन्ने बारेमा अहिलेसम्म केही बोलेकी छैनन् ।
नयाँ फिल्मको तयारीमा व्यस्त दीपिकाले आफ्नो प्रोफाइल फोटो समेत परिवर्तन गरेकी छन् । कतिपयले यसलाई फिल्म प्रोमोशनको हिस्सा भएको हुनसक्ने बताइरहेका छन् । दीपिकाको इंस्टाग्राममा ५ करोड २५ लाख फलोअर्स छन् भने ट्वीटमा २ करोड २७ लाख फलोअर्स छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal