बादलमाथिको मन्दिर मुक्तिनाथ, घुम्नै पर्ने ठाउँ

२०७७ पुष १७ गते, शुक्रबार

मुस्ताङ । हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु मानिन्छ ।

हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथ मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल पारीकौ मन्दिर पनि भन्ने गरिन्छ । मन्दिर छेउछाउमा १०८ धारा, ज्वाला माई मन्दिर, शिवालय र गुम्बाहरू पनि छन् ।

कालीगण्डकी नदीको नजिकै पर्ने मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले गराएको मानिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै आनन्दको अनुभुति गर्न सकिन्छ ।


मुक्तिनाथको दर्शन गर्न जाँदा तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ । सार्वजनिक बस वा आफ्नै गाडीमा बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ ।


तातो पानी हुँदै अघि बढेपछि घाँसा पुगिन्छ । घाँसाबाट माथि पुगेपछि मार्फा गाउँ पुगिन्छ । यो अत्यन्तै सुन्दर गाउँ हो । मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँ पनि हो ।


यहाँ खान बस्नका लागि सामान्य होटलदेखि स्तरीय लजहरु समेत रहेका छन् । यहाँका होटलमा अट्याच बाथरुम सहित तातो(चिसो पानी समेत पाइन्छ ।


यहाँबाट अझै माथि लागेपछि कागवेनी पुगिन्छ । कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरु हुने सोह्र श्राद्ध गर्न जानेहरुको घुईचो लाग्ने गर्दछ ।


ड्ड यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेको छ । तातो(चिसो पानीसहित अट्याच बाथरुम भएका लजहरु मुक्तिनाथमा रहेका छन् । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दू र वौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रशिद्ध मानिन्छ ।

ड्ड छैठौं दिन हामी मुक्तिनाथबाट जोमसोम फर्किन सकिन्छ । यहाँ हामी रात विताउन पनि सकिन्छ । त्यही दिन नै जोमसोमबाट जहाज वा बसमार्फत पोखरा फर्किन पनि सकिन्छ । जोमसोम आफैमा निकै सुन्दर ठाउँ हो । जोमसोमबाट निलगिरी र धौलागिरी हिमाल मज्जाले अवलोकन गर्न पाइन्छ ।


विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार घाँसा, मार्फा कागवेनी हुँदै मुक्तिनाथ पुगिन्छ । यात्राको क्रममा हिमाली दृश्यहरु, सुन्दर गाउँहरु, रुख र घाँस नभएका पहाडहरु देख्दा मनै फुरुङ्ग हुन्छ ।

अन्नपूर्ण र धौलागिरीको बिचमा पर्ने विश्वकै गहिरो खोँचबाट हाम्रो यात्रा जारी रहन्छ । तातोपानीबाट घाँसा जाँदा बाटोमा रुप्से झरना देखा पर्छ । त्यो झरना निकै सुन्दर देखिन्छ । रुप्से झरना कालिगण्डकीमा मिसिएको ठाउँ विश्वकै गहिरो खोँचमध्येमा पर्छ ।


हामीसँग लामो समय भएमा यात्रा लम्बाउन सकिन्छ । पोखराबाट घोरेपानी हुँदै तातोपानी मार्फा भएर पनि मुक्तिनाथ पुग्न सकिन्छ । यो यात्राका लागि हामी पोखराबाट कास्कीको बिरेठाँटीसम्म गाडीमा जान सकिन्छ । सोही दिन त्यहाँबाट ट्रेकिङ सुरु गरेर उल्लेरी बास बस्न पुगिन्छ ।

दोस्रो दिन उल्लेरीबाट म्याग्दीको घोरेपानी गएर बास बस्न सकिन्छ । तेस्रो दिन विहान पुनहिल डाँडामा पुगी हिमाली दृश्यावलोकन गरी पुनः घोरेपानीमा आएर खान खानुपर्छ ।


सोही दिन मज्जाले हिँड्न सकियो भने एकैदिन म्याग्दीको तातोपानी पुगिन्छ । म्याग्दीको तातोपानी पुगेपछि माथि उल्लेख गरेको रुट समातेर मुक्तिनाथ पुग्न सकिन्छ । यसरी हाम्रो मक्तिनाथ यात्रा पुरा हुन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal