सावधानी अपनाउँदा अपनाउँदै गर्भ रह्यो , गर्भपतन गराउन की चक्की सेवन गर्ने ?

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ । गर्भ रहनु एक सुखद क्षण हो र सुखद त्यक्तिवेला हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन् । तर तनाव त्यक्ति वेला हुन्छ जतिवेला सावधानी अपनाउँदा अपनाउँदै पनि गर्भ रहन जान्छ । यस्तो अवस्थामा तपाइ संग एउटा विकल्प मात्र बाँकी रहन्छ, गर्भपतन गर्ने ।
निश्चित अवधीभित्र स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु एउटा तरीका हो भने गर्भपतनका लागि चक्की सेवन अर्को विकल्प हो । गर्भपतनको चक्की सहजै उपलब्ध हुने भएकाले धेरैजसोले अहिले यही विकल्प उचित ठान्ने गरेका छन् ।
यद्यपि चिकित्सकको परामर्श बिना गर्भपतन चक्की सेवन गर्दा जोखिम हुनसक्छ ।
गर्भ रहेको निश्चित भएपछि चिकित्सकको परामर्श लिन जरुरी हुन्छ । विज्ञहरुका अनुसार यो चक्की तपाईंको अन्तिम महिनावरीको ४९ दिनभित्र अर्थात गर्भावस्थाको ९ औं हप्तासम्म लिन सकिन्छ ।
यदि गर्भपतनको चक्की पहिलो २ हप्ताभित्र र सही तरिकाले सेवन गरियो भने ९५ प्रतिशतदेखि ९७ प्रतिशतसम्म ढुक्क हुन सकिन्छ ।
तर यस्ता चक्कीको प्रयोगले शरीरमा बनिरहेको प्रेग्नेन्सी हर्मोन प्रोजेस्टेरन प्रभावित हुन्छ । यही कारण महिलाको फर्टिलिटीमा असर पुग्छ र उक्त महिलालाई दोस्रो पटक गर्भधान गर्न समस्या हुन्छ ।
यसले रक्तश्राव धेरै हुने र संक्रमणको भय पनि बढाउँछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal