हस्तमैथुन गर्दा के नोक्सानी हुन्छ ? युवतीका लागि हस्तमैथुन कति असहज

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ । हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ । हस्तमैथुन युवा-युवती दुबैले गर्छन् । युवाहरुमा १७ बर्षको उमेरपछि हस्तमैथुनको इच्छा तिब्र हुन्छ । हस्तमैथुनले स्वास्थ्यमा कुनै हानी गर्दैन ।

हस्तमैथुनले तनाव कम गर्छ । शरीरमा खुसी संचार गराउँछ । खुसी ल्याउने हर्मोन इन्डारफिन्स श्राव गराउँछ । यसले रिल्याक्स महसुष हुन्छ । हस्तमैथुनले सुत्नका लागि सहयोग गर्छ, निजी अंगलाई सक्रिय राख्छ ।


हस्तमैथुनले स्वास्थ्यमा हानी नपुर्याउने मात्र होइन, बरु यौन सम्पर्कभन्दा यो सुरक्षित र गोप्य पनि हुन्छ । यौन सम्पर्कमा कतिपय खतरा वा समस्या हुन्छ, जो हस्तमैथुनमा हुँदैन ।


युवतीका लागि भने अली असजिलो
तुलनात्मक रुपमा युवतीहरुलाई हस्तमैथुन गर्न असहज हुन्छ । उनीहरु आफ्नो यौनाङ्ग खेलाएर वा योनीमा कुनै बस्तु घुसाएर आनन्द लिन्छन् । ख्याल गर्नुपर्ने कुुरा के भने, यसरी हस्तमैथुन गर्दा सही र सुरक्षित ढंगले गर्नुपर्छ । घाउ, चोट लाग्ने, अड्कने, ब्याक्टेरिया फैलने कुरामा सर्तक हुनुपर्छ । फोहोर एवं असुरक्षित चिज प्रयोग नगरौं ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal