किन हुन्छ सपनामा सेक्स ? यसले के संकेत गर्छ…

काठमाडौँ । यस्ता वयस्क मानिसहरु कमै होलान्, जसले सपनामा सेक्स गरेको देख्दैनन् । यस्तोमा कोही चरमोत्कर्ष अगाडि नै निद्राबाट ब्यूँझन्छन् र ब्यूँझेपछि खिन्न बन्छन् भने कोही अत्यन्त मिठो अनुभूति लिन्छन।
विशेषज्ञको भनाई अनुसार जब कुनै व्यक्तिले वास्तविक जिवनमा सेक्सको आनन्द लिन वा सेक्ससँग सम्वन्धित भावना उजागर गर्न सक्दैनन्, त्यतिबेला यस्तो सपना देखिन्छ । यस्तो सपनामा तपाईं आफूलाई कुनै अपरिचितका साथ, अफिसकै सहकर्मीसँग, सार्वजनिक स्थानमा वा आफ्नो पूर्वप्रेमिकासँग सेक्स गरिहेको पाउनुहुन्छ ।
यस्तो सपनाले तपाईंको कामेच्छाको स्थितिको बारेमा संकेत गर्छ । तपाईंको मस्तिष्कले तपाईंलाई यो बताउने कोशिश गरिरहेको हुन्छ कि सेक्ससम्वन्धी तपाईंका शारीरिक आवश्यकताहरु पूर्ति भइरहेका छैनन् ।
यदि तपाईंको पूर्वप्रेमी वा प्रेमिकाको जन्मदिन आउन लागेको छ वा हालै तपाईंले उनीसँग बिताएका पलको फोटो हेर्नुभएको छ भने यस्तो सपना देख्न सकिन्छ ।
कहिलेकाहीँ तपाईं आफ्नो वरिपरीको चिनजानको व्यक्तिसँग सेक्स गरेको सपना देख्न पुग्नुहुन्छ । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं कुनै परिचित व्यक्तिप्रति अत्यधिक आकषिर्त भइरहनु भएको हुन्छ ।
धेरै युवा-युवतीहरुको सपनामा आफ्नो विपरितलिंगी स्टाफसंग सेक्स गरिरहेका हुन्छन् । यसको मतलब तपाईं आफ्नो बोससँग साँच्चिकै शारीरिक सम्वन्ध राख्न चाहनुहुन्छ भन्ने होइन । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं बोसलाई आफ्नो प्रेरणा स्रोत मान्नुहुन्छ ।