प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघमा हुने

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १७ पौष । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ ।
क्यानले प्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गर्ने जनाएको छ । यसअघि पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीयसहित १० टिमको सहभागिता रहनेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal