म्यानचेस्टर युनाइटेडलाई धक्का, फरवार्ड काभानीलाई तीन खेलमा प्रतिबन्ध

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १७ पौष । म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्धसहित आर्थिक जरिवाना गरिएको छ । उनलाई सामाजिक सञ्जालमा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै तीन खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो । काभानीले अपमानजनक र अनुचित शब्द उपयोग गरेको आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।
काभानीले गएको नोभेम्बर २९ मा साउथह्याम्टन विरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तिजनक पोस्ट गरेका थिए ।
काभानीको प्रतिबन्ध तत्काल लागू हुने बताइएको छ । यस्तै, ईपीएल कपको सेमिफाइनलमा म्यानचेस्टर सिटी र एफ ए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध काभानी सहभागी हुने छैनन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal