अस्ट्रेलियामा जारी बिग बाशमा शनिबार सन्दीपले पहिलो खेल खेल्ने

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १८ पौष । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बाश लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन ।
लामिछानेले मेलबर्नको स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको रमन शिवाकोटीले बताए । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका सुरुआतका छ खेल गुमाउनु परेको थियो ।
लामिछानेले बुधबार क्वरेण्टीन मुक्त भएका छन । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । अहिलेसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबाशको तेस्रो स्थानमा रहेको छ ।
लामिछानेले यसअघि दुई यामको बिगबाश मेलबर्न स्टार्सबाट खेलेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal