प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट अन्तर्गत सेमिफाइनलका दुई खेल हुँदै

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १८ पौष । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । बिहान साढे नौ बजे हुने पहिलो खेलमा समूह ए को विजेता एपीएफले समूह बी को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ ।
यस्तै दिउँसो सवा एक बजे हुने अर्को खेलमा समूह बी को विजेता प्रदेश एकले समूह ए को उप विजेता लुम्बिनीसँग खेल्ने छ । आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् । आजको विजेता टिमले भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal