हुँदा हुँदा मास्ककै कट्टु ! सामाजिक सञ्जालमा भाइरल
२०७७ पुष १८ गते, शनिबार

लण्डन । सामाजिक सञ्जालमा हरेक दिनजसो कुनै न कुनै फोटो भाइरल हुने गरेको छ । यसै बिच लण्डनमा एक व्यक्ति मास्कको कट्टु लगाएर एक पुरुष खुलेआम बजारमा हिँडेपछि त्यसको चर्चा भएको छ ।
यो लण्डनको दृश्य हो । जहाँ अनिवार्य मास्क लगाउने नियमलाई मजाक जस्तो बनाउँदै एक पुरुषले मास्ककै कट्टु लगाएर हिँडेका छन् ।
उनी हिँडेको बाटोमा सर्वसाधारणले आश्चर्य मान्दै हेरेको देखिन्छ ।

जसलाई अधिकाशं सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।
