कोरोना प्रभावः विवाह पनि अनलाइनबाटै !

कोरिया। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै अस्तव्यस्त छ । कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए।
सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्।
दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो।
उनीहरुको ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो।
विवाह हलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तसँग कुराकानी गरेका थिए ।