लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो ३४ औँ साधारण सभा

काठमाडौँ, १७ पौष । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गनेए घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभामा भिडियो कन्फरेन्सको माध्यमबाट पनि सहभागि हुन सकिने बैंकले जनाएको छ।
सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा करोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।