नेपाल क्रेडिट एण्ड कमर्श बैंकको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित हुँदै

काठमाडौँ, १७ पौष । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (NCCB) ले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सभामा अनलाइन भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।
सभाले चुक्ता पूँजीको १०.२६९५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने बुझिएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।