एनआरएन इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश प्रस्ताव, बोनस कति ?

२०७७ पुष १८ गते, शनिबार

काठमाडौँ, १७ पौष । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा २.८५५ बोनस सेयर र कर तिर्न ०.१५५ नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले हात पार्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड २६ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो । बोनस वितरणपछि उक्त पूँजी रू। १ अर्ब १६ करोड पुग्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal