ब्रोकरलाई पनि डिलर दिने तयारीमा बोर्ड, प्रकृया बढाउँदै छौ : ढुङ्गाना

काठमाडौँ, १७ पौष । ब्रोकर कम्पनीको सेवा बिस्तारमा नेपाल धितोपत्र बोर्डले गृहकार्य शुरु गरेको छ। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई खुसि बनाउँदै लैजाने उद्देश्य अनुरुप बोर्डले ब्रोकर कम्पनीहरूको सेवा बिस्तारमा गृहकार्य शुरु गरेको हो।
बजारमा सबैको उचित माग सम्बोधन भयो भने काम गर्न सबैलाई उत्साह मिल्ने र त्यसले बजार विकासमा टेवा पुर्याउने भन्दै उनीहरूका जायज मागलाई सम्बोधन गर्नु पर्छ भन्ने पक्षमा बोर्डले काम गर्न शुरु गरेको बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए।
बजारको विकासमा कसलाई के काम गर्न दिने भन्ने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै ब्रोकर कम्पनीलाई कारोबार गर्न दिने प्रकृया बढाउँदै छौू बोर्ड अध्यक्ष ढुङ्गानाले भने।
बोर्डले ब्रोकर कम्पनीका दुई माग तत्काल सम्बोधन गर्ने जाएको छ। उसले यस अघि नै दिइएको मार्जिन ट्रेडिङ सेवामा भएको हडल्सलाइ हटाउने र डिलरको रुपमा उनीहरूलाई काम गर्न दिने बताएको छ।
तर ब्रोकर कम्पनीलाई स्टक डिलरको काम गर्न दिने विषयमा अर्थ मन्त्रालय भने खासै सकारात्मक देखिदैन ।