प्रभु लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबार हुने

२०७७ पुष १८ गते, शनिबार

काठमाडौँ, १७ पौष । प्रभु लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०९ रुपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रुपैयाँ ६८ पैसाभित्र रहेर हुनेछ । (PLI) संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रभुको २ करोड कित्ता सेयर सूचीकरण गरिएको हो । प्रभु लाइफ इन्स्योरेन्स गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal