२०२० मा सामसुङको व्यापार घट्यो, ३० करोड भन्दा कम मोबाइल फोन बिक्री

२०७७ पुष १८ गते, शनिबार

काठमाडौँ, १७ पौष । दक्षिण कोरियाली कम्पनी सामसुङले यो वर्ष सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ ।
कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ ।
यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन् २०२१ मा उल्टिने दावी गरेको छ । सामसुङले सन् २०२१ मा सामसुङले ३० करोड ७० लाख मोबाइल फोन बिक्री गर्ने लक्ष्य बनाएको छ ।
दक्षिण कोरियाको इटी न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार सामसुङले आगामी वर्षका लागि फाइभ जी स्मार्टफोनमा आफ्नो ध्यान केन्द्रित गर्दै मध्यम तथा न्यून मूल्यका मोबाइल फोनको बिक्री बढाउने उद्धेश्य राखेको छ ।
एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal