नयाँ वर्ष २०२१ को अवसरमा टेलिकमले सुरु गर्यो आइपी टिभी
२०७७ पुष १८ गते, शनिबार

काठमाडौँ, १७ पौष । नेपाल टेलिकमले शुक्रबारबाट आइपी टिभी सेवा सुरु गरेको छ।
अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइपी टिभी सेवा सुरु गरेको हो। टेलिकमले बेसिक र प्रिमियम प्याकेजसहित नेट टिभी उपलब्ध रहेको जनाएको छ।
टेलिकमले सिंगल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट ९बेसिक टिभी प्याकेज० को मूल्य १२ सय ३० रुपैयाँदेखि १३ हजार दुई सय २० रुपैयाँ तोकेको छ। टेलिकमले एक महिना अवधिको उक्त प्याकेजको मूल्य १२ सय ३०, तीन महिनाको ३५ सय ३० र एक बर्षको १३ हजार दुई सय २० रुपैयाँ तोकेको छ।