पर्सा निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट बाघको मृत्यु

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १८ पौष । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा पाटे बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए । जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले बाघलाई ठक्कर दिएको हो ।
‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन् ।
दुई वर्षअघिको तथ्यांकअनुसार पर्सा निकुञ्जमा बाघको संख्या १८ थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal