नेकपा ओली पक्षको काठमाडौंमा बृहत कार्यकर्ता भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १८ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा वृहत कार्यकर्ता भेला गर्दैछ । भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो ।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेताहरु ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।
यसअघि ओली पक्षले बुधबार कार्की ब्याङ्क्वेटमा सुदूरपश्चिमका अगुवा नेता कार्यकर्ताहरूको भेला गरेको थियो ।
भेलामा प्रधानमन्त्री ओलीसँगै उद्योगमन्त्री लेखराज भट्टले सम्बोधन गर्नुर्भएको थियो ।
प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले पछिल्लो समय कार्यकर्ता भेलालाई तीव्रता दिएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal