घलेम्दी हाईड्रोको साधारणसभा आगामी माघ १५ मा, २ जना सञ्चालकको नियुक्ति गर्ने

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले आगामी माघ १५ वार्षिक साधारणसभा गते गर्ने भएको छ । कम्पनीले काठमाडौंकाेि होटल मुनलाईट पक्नाजोलमा बिहान ११ बजे सभा आयोजना गर्ने भएको हो ।
सभाले आर्थिक वर्ष २०७४र७५ र आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने छ ।
त्यस्तै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal