नाइजरमा आतंकवादी आक्रमण : ५६ जनाको ज्यान गयो, १७ जना घाइते

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नाइजरमा संदिग्ध इस्लामिक आतंकवादीहरूको आक्रमणमा परेर कम्तीमा ५६ जनाको ज्यान गएको छ । नाइजरको पश्चिमी सिमाना नजिक पर्ने चोमोब्याङ्ग्यु गाउँमा भएको घटनामा ठूलो संख्यामा मानिस मारिएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेहरु माछा व्यापारमा संलग्नहरू रहेका छन् । आक्रमणमा अरु १७ जना घाइते भएका छन् ।

अफ्रिकाको सहेल क्षेत्रमा पछिल्लो समय धेरै हिंसात्मक घटनाहरू भएका छन् ।

गएको महिना, नाइजरको जिहादी समूह बोको हरामले दक्षिणपूर्वमा डिफेफा क्षेत्रमा कम्तीमा २७ व्यक्तिको हत्या गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal