दाङमा बँदेल आतंक, जंगली बँदेलको आक्रमणमा चार जना घाइते

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । दाङ जंगली बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् ।
शनिबार दाउरा काट्न वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको हो ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal