नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, आन्दोलनबारे भने अलमल

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रणनीतिबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
गएको ७ गतेदेखि सुरु भएको बैठक सरकारविरुद्ध प्रदर्शन भन्दै ९ गतेसम्म बसेर स्थगित भएको थियो ।
एक सय २६ जना केन्द्रीय सदस्यमध्ये अहिलेसम्म २० जनाले आफ्नो धारणा राखिसकेका छन् । कांग्रेसले सरकारको कदमलाई असंवैधानिक भन्दै आएको छ । तर यसबारे पार्टीका शीर्ष नेताहरुबीच नै मत बाझिएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताएका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको भर पर्न नहुने भन्दै ओलीको कदमविरूद्ध प्रतिरोध गर्नुपर्नेमा जोड दिएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal