काठमाडौं उपत्यकाको तापक्रम बढ्यो , उपत्याका बाहिरका केहि ठाउँमा पानी पर्ने र हिमपात हुने

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामाको तापक्रम बढेको छ । काठमाडौंमा आज विहान तापक्रम बढेर ३ डिग्री सेल्सियस पुगेको छ। शनिबार न्यूनतम तापक्रम १ दमलव ३ डिग्रीमा झरेको काठमाडौंमा आइतबार बिहानको तापक्रम झण्डै २ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही ठाउँमा हल्का पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् । यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महाशाखाको अनुमान छ । भोलिदेखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्न सक्ने मौसमविदको भनाइ छ ।
अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ । तराइको कुहिरो तथा हुस्सु भने दिउँसोदेखि हटेर जाने महाशाखाले जनाएको छ ।
यस्तै पानी तथा हिमपातका कारण चिसो बढ्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal