प्रधानमन्त्री ओली पदमा रहन योग्य छैनन् : रामचन्द्र पौडेल

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहन योग्य नरहेको बतएका छन।
सामाजिक सञ्जाल मार्फत पौडेलले प्रतिनिधि सभालाई कुहिएको छानो भन्ने केपी ओलीको अभिव्यक्ती तानाशाही प्रवृत्तिको प्रमाण रहेको भन्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा बस्न योग्न नरहेको तर्क गरेका हुन।
पौडेलले संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओलीलाई तानाशाहीको संज्ञा दिएका हुन।
नेता पौडेलले लेखेका छन्, प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने , संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।’
हिजो दिउँसो प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई कुहिएको भत्किसकेको र त्यो छानो अब फेरी राख्नु पर्यो भनेर कसैले भन्छ भने त्यो सम्भव नभएको बताएका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal