आइतवार स्थिर रह्यो सुन तथा चाँदीको मूल्य

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । आइतवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो कारोबारको दिन आर्थात शुक्रवार रू. ४०० ले उकालो लागेर ९४ हजार ५०० कारोबार भएको छापावाला सुन आइतवार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजारमा खरीदविक्री भइरहेको छ ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal