राष्ट्रपतिविरुद्ध अर्मयादित नाराबाजी गर्ने विरूद्ध कारबाहीको माग, कारबाही गर्छौ : गृहमन्त्री

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अर्मयादित नाराबाजी गर्नेविरूद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन्। उनले सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal