दाङमा कोरोना संक्रमणबाट एक महिला मृत्यु

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिला मृत्यु भएको छ ।
कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो। लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १स् ३८ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal