प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न संगठनको काठमाडौंमा प्रदर्शन
२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न संगठनले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको उनीहरूले प्रदर्शन गरेका हुन ।
प्रदर्शनका सहभागीले प्रतिनिधिसभा तत्काल पुनस्स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए ।