दाहाल र नेपालकै कारण संसद् विघटन भयो : ऊर्जामन्त्री रायमाझी

२०७७ पुष १९ गते, आईतवार

पुस १९, अर्घाखाँची । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेकपामा दुर्घटना गराएको आरोप लगाएका छन।


प्रेस संगठनले आइतबार बिहान सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन दाहाल–नेपाल समुहले अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए ।

उनले भने ‘उहाँहरू पदका लोभी हुनुहुँदो रहेछ, दाहाल र नेपालकै कारण संसद् विघटन भयो, प्रमुख दोषी उहाँहरू हो’ ।


दाहाल र नेपालले देशलाई गलत दिशामा लगेर अस्थिरता निम्त्याएकैले आफूलगायत नेताले अध्यक्ष ओलीलाई समर्थन गरेको र देशलाई संकटबाट पार लगाउन मन्त्री भएको उनले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal