सुदुरपश्चिममा पनि नेकपा विभाजित, ओलीको बिरोधमा ६ जनाले हस्ताक्षर गर्न मानेनन्

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादपछि सुदुरपश्चिम प्रदेशमा समेत प्रदेश सांसदहरु दुई खेमामा विभाजित बनेका छन् । सुदुरपश्चिम प्रदेशमा प्रदेशमा रहेका ३९ जना नेकपाका प्रदेश सभा सदस्य रहेका छन ।
आइतबार संसदीय दलको बैठकमा सहभागी भएकामध्ये ६ जनाले निणर्यमा हस्ताक्षर नगरेपछि दुई खेमामा उभिएका नेताहरु बारे प्रष्ट भएको हो ।
यस हिसाबमा सो प्रदेशमा रहेका ३९ जना नेकपाका प्रदेश सभा सदस्यमध्ये ‘प्रचण्ड’ र माधव नेपाल समूहमा ३० र ओली समूहमा ६ जना उभिएका छन् ।
दलको बैठकले प्रधानमन्त्री ओलीको कदमको बिरोध गर्दै प्रचण्ड-माधव समूहलाई समर्थन गर्ने निणर्य गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal