शेयर बजारमा उछाल, ८८.१२ अंकले बढेर २२०० विन्दु नजिक नेप्से !

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । करिब ८८ अंकको उछाल आएसँगै आइतबार सेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। साताको पहिलो कारोबार दिन पुस १९ गते नेप्से परिसूचक ८८ दशमलव १२ अंकले बढेर २ हजार १७५ दशमलव ३९ विन्दुमा पुगेको छ ।
२ हजार १०४ दशमलव ८६ विन्दुदेखि खुलेको आइतवारको बजार निरन्तर बढेर बन्द भएको हो । नेप्सेमा आएको उछाल संगै दर्जनौ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लेभलमा पुगेर कारोबार भएको छ ।
यो दिन ४ दशमलव २२ प्रतिशतले परिसूचक माथि उक्लिएको हो ।
आइतवार कारोबार रकम भने रू। ६ अर्ब ३४ करोड ४० लाख १७ हजार बराबरको भएको छ । यस दिन २१२ ओटा कम्पनीको ५४ लाख ६९८ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल लाइफ र प्राइम कमर्सियल बैंकको ५०र५० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल टेलिकम ४५ करोड रुपैयाँको किनबेच हुँदा नेपाल पुनर्बीमा कम्पनी र एनआइसी एसिया बैंकको २७र२७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आइतवार कारोबारमा आएका १२ ओटै समूहको परिसूचक बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ९ दशमलव ६४ प्रतिशतले बढेको छ ।


त्यस्तै अन्य समूहको ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ८६ प्रतिशत, बैंकिङको ४ दशमलव ४७ प्रतिशत, जीवन बीमाको ४ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ८४ प्रतिशत, जलविद्युतको २ दशमलव ४६ प्रतिशत, लघुवित्तको २ दशमलव ३६ प्रतिशत, विकास बैंकको २ दशमलव १६ प्रतिशत, होटलको १ दशमलव ८५ प्रतिशत, वित्तको शून्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २१ प्रतिशत परिसूचक बढेको छ ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal